बढ्दो कोरोना सङ्क्रमणका कारण ‘राष्ट्रिय एकता यात्रा’ स्थगित

पुस २५, काठमाडौं । विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीको अवसर पारेर यही पुष २७ गते देखि माघ १६ सम्म गर्ने तय भएको ‘मेची महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगन गरेको छ। झापादेखि कञ्चनपुरसम्मका दर्जनौँ स्थानमा अध्यक्ष रवीन्द्र मिश्रसहित उच्च नेतृत्व सहभागी भई आमसभा र अन्तरक्रिया गर्ने अन्तिम तयारी भइसकेको अवस्थामा पछिल्ला दिनमा ह्वात्तै बढेको कोरोना भाइरस सङ्क्रमणको स्थितिलाई दृष्टिगत गरी पार्टीले यात्रा स्थगन गर्ने निर्णय गरेको हो। पार्टीका कयौँ नेता र सदस्यहरू तीन सातासम्म सँगै लगातार यात्रा र उठबस गर्दा सबै जना सङ्क्रमित हुनसक्ने जनस्वास्थ्य विज्ञहरूको सुझाव, उपचारमा आइपर्ने ठुलो आर्थिक…

पुरा पढ्नुहाेस्