अमेरिकाको एक विद्यालयमा हमला, १८ बालबालिकासहित २१ जनाको मृत्यु

जेठ ११, काठमाडौँ । अमेरिकाको टेक्सास राज्यमा एक विद्यालयमा भएको बन्दुक आक्रमणमा १८ बालबालिका र एक शिक्षकसहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । युभाल्ड़ीस्थित दुईदेखि चार कक्षासम्मको पढाइ हुने रोब प्राथमिक विद्यालयमा उक्त आक्रमण भएको हो । आक्रमणमा आक्रमणकारी १८ वर्षिय साल्भाडोर रामोस पनि मारिएको जनाइएको छ । बन्दुकधारीले विद्यालयमा आक्रमण गर्नु अघि आफ्नै हजुरआमालाई गोली प्रहार गरेको जनाइएको छ । तर, उनी भने बाँच्न सफल भएकी छन् । केही वर्षयता अमेरिकी विद्यालय मास सुटिङको निशाना बन्दै आएको छ । यस वर्ष मात्र २७ यस्ता घटना विद्यालयमा भैसकेका छन्…

पुरा पढ्नुहाेस्