ठाकुर, बस्नेत र नेपालले प्रचारप्रसारमा बालबालिका प्रयोग गरेकोमा स्पष्टीकरण

कार्तिक २२, काठमाण्डौ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी क्षेत्र नं. ३ का उम्मेदवार महन्थ ठाकुर, नेकपा (एमाले)को तर्फबाट प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं. ३ (२)का उम्मेदवार हुकुम बहादुर बस्नेत तथा प्रतिनिधि सभा सदस्यका लागि झापा क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । स्पष्टीकरण पत्रमा ठाकुरले बालबालिकालाई आफ्नो निर्वाचन चिन्ह अंकित पम्प्लेट लिई वितरण गर्न हिडिरहेको देखिने सामग्री संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको, बस्नेतले आफ्नो निर्वाचन प्रचारप्रसार गर्दा बालबालिकाको प्रयोग गरेको फोटो समेतको सामग्री आयोगमा…

पुरा पढ्नुहाेस्