बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिने

चैत्र ८, काठमाडौँ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजेका लागि बैठक बोलाएको छ । यसअघि सरकारमा सहभागि राप्रपाले आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । पूरानै सत्ता गठबन्धन ब्यूँतिएपछि केन्द्रमा फेरिएको समीकरण अनुसार नै…

पुरा पढ्नुहाेस्

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज राजिनामा दिने

पौष ८, काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज शुक्रबार पदबाट राजिनामा दिने भएका छन् । धादिङ निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले विहीबार सदस्य पदको शपथ लिएपछि आज राजिनामा दिन लागेका हुन् । मुख्यमन्त्री पदमै रहेर शपथ खाएको भन्दै हिजो उनको सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आलोचना भएको थियो । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मुख्यमन्त्री पाण्डेले आज पदबाट राजिनामा दिने बताए । आज शुक्रबार हेटौडा आएर पाण्डेले राजिनामा दिने उनको भनाइ छ । सो बारेमा प्रदेश प्रमुखलाई…

पुरा पढ्नुहाेस्

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्धारा वारिसनामामार्फत उम्मेदवारी दर्ता

असोज २३, काठमाडौ । नेकपा एकिकृत समाजवादी पार्टीका उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वारेसबाट उम्मेदवारी दर्ता गराएका छन् । पाण्डेको प्रस्तावक एकीकृत समाजवादी धादिङका अध्यक्ष शिव कडेल रहेका छन् भने समर्थकमा नेकपा माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछाने सुबोध रहेका छन् । निर्वाचन आयोगले आज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन पत्र दर्ताको समय निर्धारण गरेको थियो । पाण्डेले आमाको देहावसानको १२ औं दिनका कारण आफू स्वयं उम्मेदवारी दाखिलामा उपस्थित हुन असमर्थ भएको सामाजिक संजालमार्फत् जानकारी दिएका थिए ।

पुरा पढ्नुहाेस्

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

असोज १३, काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । उनीहरुका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मनमाया काठमाडौंको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आएकी थिइन् । उनको आज बिहान चार बजे निवासमै निधन भएको मुख्यमन्त्री पाण्डेको सचिवालयका एक जना सदस्य रविन भुजेलले जानकारी दिए । मुख्यमन्त्री पाण्डे हेटौंडामा र एमाले नेता सुरेन्द्र पाण्डे चितवनमा थिए । उनीहरु आज बिहान काठमाडौं आइपुग्दैछन् । उनीहरु आइसकेपछि आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भुजेलले बताए…

पुरा पढ्नुहाेस्

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे र प्रधानमन्त्री देउवा बीच भेटघाट

पुस १६, काठमाडौँ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र प्रधानमन्त्री शेर बहादुर देउवाबीच बागमती प्रदेश सरकार सञ्चालनका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्री र प्रधानमन्त्रीबीच भएको भेटघाटका क्रममा मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको मर्म अनुरुप प्रदेश सरकार सञ्चालनको बाटो सहज बनाइदिन आग्रह गरेका छन् । नेपालको संविधानले प्रदेश सरकारको एकल अधिकार सुचीमा राखिएका विषयहरुसँग सम्बन्धित कार्यालय एवं निकायहरुलाई तत्काल आवश्यक ऐन, नियम तर्जुमा एवं संशोधन गर्दै प्रदेश सरकार मातहत ल्याउन सकेमात्रै जनताले प्रदेश सरकार आफु नजिक आएको महशुस गर्न सक्ने भएकोले यस तर्फ संघीय सरकारले पहल…

पुरा पढ्नुहाेस्

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले सुरु गरेका ३ योजना के–के हुन् ?

कात्तिक २७,काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकारले तीन वटा कार्यक्रमलाई अगाडि बढाएको बताएका छन् । एकीकृत समाजवादीको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै उनले एसईई पुरा गरेका विद्यार्थीलाई ३ वर्षे प्राविधिक शिक्षा दिने र पालिकामा काम गर्ने गरी प्रदेश सरकारले निर्णय गरेको सुनाए । प्रदेशका सबै सामुदायिक विद्यालयबाट एसईई पास गरेका छात्राहरुलाई प्रदेश सरकारले आफ्नै खर्चमा प्लस २ पढाइदिने निर्णय गरेको उनले बताए । यो अभियान छात्राहरूले पढ्ने कुरामा महत्वपूर्ण हुन्छ, पाण्डेले भने । यस्तै वैदेशिक रोजगारीमा जाने नागरिकहरुलाई प्रदेश सरकारले ३ र ६ महिना तालिम दिएर दक्ष जनशक्ति…

पुरा पढ्नुहाेस्

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बोलाए सर्वदलीय बैठक

वैशाख ६ काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । बैठक सोमबार विहान ललितपुरको जावलाखेलमा बस्ने मुख्यमन्त्री पौडेलको स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । प्रतिपक्षीको अवरोधले स्थगित हुँदै आएको प्रदेशसभा बैठक सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम, कोरोना संक्रमण नियन्त्रणलगायतका विषयमा छलफल गर्न मुख्यमन्त्री पौडेलले सर्वदलीय बैठक बोलाएका हुन् । प्रतिपक्षी माओवादी केन्द्रले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ । प्रतिपक्षी सांसदहरुले मदन भण्डारी फाउन्डेसन र विद्युतीय बस खरिद प्रक्रियाका लागि प्रदेशसभा सरकारले उपलब्ध गराउन लागेको ५० लाख रुपैयाँ रोक्न माग गर्दै आएका छन् ।…

पुरा पढ्नुहाेस्

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

चैत १८ काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले फिर्ता लिएका छन् । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् । एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यले मंगलबार अविश्वासको प्रस्ताव फिर्ता लिएको बताइन् । यसअघि नेकपा एमालेले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेकाहरुविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । गत पुस १० गते नेकपा माओवादी केन्द्र र खनाल-नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव गत…

पुरा पढ्नुहाेस्