बाग्मतीमा नयाँ सरकार आजै, क-कसले लिदैछन् सपथ ?

कार्तिक ११, काठमाडौं । बाग्मती प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । वाग्मती प्रदेशको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो । नयाँ बन्ने सरकारको मुख्यमन्त्रीमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र पाण्डेको दाबी पेश गरेको छ । सरकार बनाउन ५५ सांसद आवश्यक पर्ने बाग्मतीमा प्रस्तावित मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदको समर्थनसहित बुधबार प्रदेश प्रमुखको कार्यालय पुगेर पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । बाग्मती प्रदेशमा प्रस्तावित समर्थनमा कुनै फेरबदल नआए आजै नयाँ सरकार बन्ने निश्चित छ । मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनले प्रत्येक दलबाट एक…

पुरा पढ्नुहाेस्

बाग्मती प्रदेशमा मतविभाजन आज

कार्तिक १०, काठमाडौँ । बाग्मती प्रदेशको प्रदेशसभा बैठक आज बुधबार बस्दैछ । बिहान १० बजे बस्ने प्रदेशसभा बैठकमा बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन लागेकी छन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज मतविभाजन हुन लागेको हो । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार सत्तापक्ष र प्रतिपक्षलाई मतदानका लागि छुट्टाछुट्टै कक्षको व्यवस्थापन गरिएको छ । एमाले विभाजनको डिलमा रहेका बेला शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर, एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले शाक्यलाई साथ नदिएपछि उनी अल्पमतमा परेकी हुन्…

पुरा पढ्नुहाेस्