‘बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने विषय हावादारी’ : सांसद पौडेल

जेठ १४, काठमाण्डौ । एमाले सांसद विष्णुप्रसाद पौडेलले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने विषय हावादारी भएको बताएका छन् । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको जारी छलफलमा आफ्नो टिप्पणी राख्दै उनले यस्तो बताएका हुन् ।ुअर्थतन्त्र सङ्कटोन्मुख हुँदै गएको वर्तमान समयमा बूढीगण्डकी जस्ता आयोजनाहरू नेपाल सरकारले आफ्नै स्रोतबाट निर्माण गर्ने हावादारी कुरा गरिएको छ। पौडेलले सरकारको नीति तथा कार्यक्रम दिशाहीन र उद्देश्यहीन रहेको पनि बताएका छन्। उनले नीति तथा कार्यक्रम आर्थिक सङ्कटलाई समाधान गर्न कुनै मार्ग प्रशस्त गर्नेतर्फ केन्द्रीत नभएको समेत आरोप लगाए।

पुरा पढ्नुहाेस्

‘बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम अगाडी बढ्छ’ : ऊर्जामन्त्री रायमाझी

माघ २१, काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाइने बताए । मन्त्रालयमा आयोजित बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका प्रतिनिधिसँगको छलफलमा उनले आफूले अघिल्लो पटक ऊर्जामन्त्री हुँदा आयोजनाको कामलाई अघि सारेको हुँदा अब छिट्टै नै शिलान्यास गरी निर्माण कार्य अघि बढाइने बताए । मन्त्री रायमाझीले तत्कालीन समयमा आफू पटक–पटक निर्माणस्थलमै गएर विभिन्न समस्या तथा चुनौती हटाउने कार्यमा जुटेको भए पनि छोटो समयमै सरकार ढलेका कारण निर्माण कार्य अघि बढ्न नसकेको बताए । उनले विभिन्न जलविद्युत् आयोजनाको निर्माण कार्य चलिरहेको भन्दै मुलुक अब विद्युत् बिक्री…

पुरा पढ्नुहाेस्