बेलकोटगढीको मेयरमा जगत लामा विजयी

जेठ ७,काठमाडौँ । बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका जगत बहादुर गुरुङ (जगत लामा) नगरप्रमुखमा विजयी भएका छन् । उनि १३ हजार २ सय २२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार राजेन्द्ररमण खनालले ६ हजार ७ सय ९४ मत ल्याए । यता नगरउपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार शिव दाहालले १० हजार ७ सय ६६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्धन्दी एमालेकी उम्मेदवार रुपा सापकोटाले ७ हजार २ सय ७४ मत ल्याइन् ।

पुरा पढ्नुहाेस्

बेलकोटगढीको मेयरमा जगत लामाको अग्रता, वडा नम्बर १ को अध्यक्षमा एमाले विजयी

जेठ १,नुवाकोट । बेलकोटगढी नगरपालिकामा गठबन्धनबाट उम्मेदवार रहेका मेयरको उम्मेदवारले ६ सय ९३ मत ल्याएर अग्रता कायम गरेका छन् भने उपमेयरका उम्मेदवारले ३ सय ४५ मत ल्याएका छन् । यता एमालेबाट मेयरका उम्मेदवारले ३ सय २७ मत ल्याएका छन् भने उपमेयरका उम्मेदवारले ५ सय ३ मत ल्याएका छन् । यता वडा नम्बर १ मा एमालेको उम्मेदवार सन्त बहादुर तामाङ ४ सय १६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्दी गठबन्धनतर्फका उम्मेदवार बद्रि प्रसाद ढुंगाना ३ सय ४ मत ल्याएका छन् ।

पुरा पढ्नुहाेस्