भरतमणि बने कमेडी च्याम्पियन २ को विजेता

असोज ३, काठमाण्डौ । ताप्लेजुङका भरतमणि पौडेल कमेडी च्याम्पियन २ को विजेता बनेका छन् । शनिवार राति भएको ग्रान्ड फिनालेमा सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापालाई पछि पार्दै भरत विजेता बनेका हुन् । विजेता बनेका भरतले उपाधिसँगै कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । त्यस्तै विक्की अग्रवाल दोस्रो बन्दा सन्तोष थापा तेस्रो बनेका छन् । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि चर्चामा आएका भरतले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर चौतर्फी प्रशंसा पाएका थिए । कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’ बाट प्रसारण हुँदै आएको कार्यक्रमका…

पुरा पढ्नुहाेस्