भानु जयन्तीमा एल.आर.आई विद्यार्थी साहित्य सञ्जालद्धारा विविध साहित्यिक कार्यक्रम सञ्चालन

साउन १, काठमाडौं । नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाभाव प्रकट गर्दै एल आर आई विद्यार्थी साहित्य सञ्जालले २०८ औँ भानु जयन्ती भव्य रूपमा मनाएका छन् । साहित्य सञ्जालले विविध साहित्यिक कार्यक्रम अन्तरगत आफ्नो सिर्जना वाचन, अन्य कविका रचना वाचन, भानुभक्तीय रामायण वाचन, वक्तृत्व कला प्रतियोगिताजस्ता कार्यक्रम आयोजना गरी अनलाइन कार्यक्रममार्फत् भानु जयन्ती समारोह सम्पन्न गरेको छ । प्रतियोगितामा सयौँ विद्यार्थीहरुको प्रस्तुति र हजारौँको उपस्थितिले कार्यक्रम निकै रोचक रहेको थियो । सिर्जनशील विद्यार्थीहरुको सक्रीय सहभागितामा गठन भएको उक्त साहित्य सञ्जालले भाषा र साहित्यका क्षेत्रमा अग्रसरता देखाउँदै विभिन्न साहित्यकारहरुका जन्म…

पुरा पढ्नुहाेस्