भारतको सहयोगमा त्रियुगाको बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास

चैत्र २२, उदयपुर । त्रियुगा नगरपालिकास्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको निर्माणका लागि आज नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा.नारायण खड्का तथा भारतीय राजदूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले शिलान्यास गरेका छन् । सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत नेरु ३ करोड ११ लाखको लागतमा भारत सरकारको अनुदान सहयोगमा यो परियोजना अघि बढाइएको हो । श्री बालमन्दिर माध्यमिक विद्यालय उदयपुर जिल्लाकै एक पुरानो विद्यालय हो ।  निर्माण कार्य सम्पन्न भइसकेपछि यो विद्यालयलाई नयाँ परिसरमा सारिनेछ । विद्यालयमा हाल ११०० विद्यार्थीहरु अध्ययनरत छन् जसमा करिब ७० प्रतिशत…

पुरा पढ्नुहाेस्