मकवानपुर उद्योग वाणिज्य संघमा अकिंता सुमार्गी लोकप्रिय मतसहित विजयी

कात्तिक १०, काठमाडौ । मकवानपुर उवासंघको निर्वाचनमा एशोसियट तर्फ अकिंता सुमार्गी लोकप्रिय मतसहित विजय भएकी छिन् । कुल १ सय १६ मत खसेकोमा उनले ७१ मत ल्याइन । मकवानपुर उद्योग वाणिज्य संघमा ठुला व्यावसायिक प्रतिष्ठानको संख्या ११७ रहेका छन् । मकवानपुरका महिला व्यवसायीहरूको आर्थिक तथा सामाजिक विकासको लागि महिला नेतृत्वको आवश्यकता रहँदै आएको छ । जितपछी सुमार्गीले अबका दिनमा स्थानीय महिलाहरूद्धारा उत्पादित वस्तुको बजार विकासमा आफुले विशेष योगदान दिने बताइन । उनि पहिलो महिला व्यवसायीक नेतृ भएकीले महिला लक्षित उद्यमशीलता विकासमा लागिपर्ने उद्देश्य रहेको अकिंता सुमार्गीले अनलाइन केन्द्रलाई बताइन् ।

पुरा पढ्नुहाेस्

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित

चैत्र ११, काठमाण्डौ । मकवानपुर उद्योग वाणिज्य संघको चैत्र २१ गते हुने तय भएको ५४ औं वार्षिक सभा र चैत्र २३ गते हुने निर्वाचन स्थगित भएको छ । उद्योग वाणिज्य संघ मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको चैत्र ९ गतेको सुचना र स्वास्थ्य मन्त्रलायले जारी गरेको चैत्र ८ गतेको सूचनाको आधारमा स्थगित गर्नुपरेको बताएको छ । सूचनामा कोभिड सङ्क्रमण बढ्ने देखिएकोले सभा, भेला, गोष्ठी र भीडभाड हुने कार्य नगर्न सूचित गरेको जनाउँदै वार्षिक सभा र निर्वाचन अर्र्को सूचना नभएसम्म स्थगित गरिएको उद्योग वाणिज्य संघ…

पुरा पढ्नुहाेस्