यस बर्षको मनसुनमा १७ लाख मानिस प्रभावित हुने अनुमान

जेठ १२, काठमाडौं । नेपालमा यसपालि मनसुनमा झन्डै १७ लाख मानिस प्रभावित हुनसक्ने प्रारम्भिक अनुमान गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढी, पहिरो, ठूलो र अविरल वर्षा तथा डुबानले देशका विभिन्न स्थानमा समस्या पर्न सक्ने सम्भावना देखिएको प्राधिकरणका अधिकारी बताउछन् । यसपालिको मनसुनमा औसतदेखि अधिक वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तो प्रभाव खासगरी तराई क्षेत्रमा बढी पर्ने अनुमान गरिएको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले यो बर्षको मनसुनमा लगभग १७ लाख मानिस मनसुनको प्रभावमा पर्न सक्ने…

पुरा पढ्नुहाेस्

यो वर्ष औसतभन्दा बढी वर्षा हुने आँकलन

वैशाख २४, काठमाडौं । यो बर्षको मनसुनमा देशका अधिकांश भागमा औसतभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागको हावापानी विज्ञान महाशाखाले आउँदो १८ जेठदेखि १४ असोजसम्म कायम रहने चार महीने मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, आउँदो वर्षायाममा प्रदेश १ को उत्तरी क्षेत्र, मधेश प्रदेशको अधिकांश क्षेत्र र बागमतीको दक्षिणी क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । त्यस्तै, देशका बाँकी क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ६५ प्रतिशत…

पुरा पढ्नुहाेस्

बाहिरिदै मनसुन, ठूलो पानी नपर्ने

असोज २३, काठमाडौँ । नेपालको पश्चिमी भूभागबाट मनसुन बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा एक साता ढिलो गरी शुक्रबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिन थालेको हो । लुम्बिनीका पश्चिमी भूभागबाट पनि बहिर्गमन भएको महाशाखाले जानकारी दिएको छ । विभागका अनुसार आगामी केही दिनमा देशका अन्य भूभागबाट पनि मनसुन बाहिरिनेछ । ‘नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनिय मौसम प्रणाली छैन,’ महाशाखाले भनेको छ, ‘नेपालमा मनसुनको बहिर्गमनको औसत २ अक्टोबर भए पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही पछाडी सरेको छ ।’ मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान…

पुरा पढ्नुहाेस्

मनसुन बाहिरिन अझै समय लाग्ने, भारी वर्षाको सम्भावना

असोज १७, काठमाडौं । नेपालमा मनसुन अझै सक्रिय रहेको छ । नेपालमा मनसुनको बाहिरिने औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामा नै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । “यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको छ,” मौसम पूर्वानुमान महाशाखाले भनेको छ, “हाल भारतको दक्षिण बिहार तथा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।” न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको…

पुरा पढ्नुहाेस्