मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित

वैशाख ३१, काठमाण्डौ । मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएका छन् । धनबहादुरले नेपाली कांग्रेसका मनबहादुरलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । धनबहादुरले ८ सय २० मत प्राप्त गर्दा मनबहादुरले जम्मा ६ सय ९६ मत प्राप्त गरे। मनबहादुर यसअघि अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा भने माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९ सय १३ मत पाउँदै विजयी भएका छन्। उनले स्वतन्त्र उम्मेदवार अर्विन गुरुङलाई पछि पारेका हुन्। अर्विनले ७ सय ९६ मत पाएका छन्।

पुरा पढ्नुहाेस्