“मन्त्रीज्यूहरुलाई अल्पमतको मन्त्री बनेर टीका थाप्न रहर जाग्यो” : उपाध्यक्ष पाण्डे

आश्विन २४,हेटौँडा । बागमती प्रदेशमा आज बसेको संसद बैठकमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका बागमती प्रदेशका सांसद राजेन्द्र पाण्डेले मन्त्रीहरुलाई झण्डा हल्लाउँदै टीका थाप्न जाने रहर लागेको टिप्पणी गरेका छन् । ‘मन्त्रीज्यूहरुलाई झण्डा हल्लाएर टीका थाप्न जान रहर होला, तर अल्पमतको मन्त्री बनेर टीका थाप्न नजानुस्’ उनले भने । पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यप्रति पनि ब्यंग्य गरे । ‘हिजो संविधान जोगाउन हामीले अगाडि लाएको नेताहरुले आज टोन फेरेका छन् । मुख्यमन्त्रीज्यूलाई अगाडि राखेर लडाई लडेको थियौं । तर आज उहाँ परिवर्तन हुनुभएको छ’ उनले भने ।

पुरा पढ्नुहाेस्