मन्त्री हेरफेरको विषयलाई तत्काल टुङ्गो लगाउने नेकपा एकीकृत समाजवादीको निर्णय

असार ९, काठमाण्डौ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीका नेताहरूले मन्त्री हेरफेरको विषयलाई तत्काल टुङ्ग्याउन दबाब दिएका छन् । आज बिहीवार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको २७ औँ बैठकमा नेताहरूले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुङ्गो लगाउन दबाब दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव डा। गंगालाल तुलाधरले बुधवार र बिहीवार गरी दुई दिन बसेको सचिवालय बैठकले शुक्रवार हुने पोलिटब्युरो, शनिवार हुने केन्द्रीय कमिटी तथा असार १३ र १४ गते हुने केन्द्रीय परिषद्को बैठकका एजेन्डाका बारेमा छलफल गरेको बताए । उनले त्यो बैठकमा पार्टी अध्यक्ष…

पुरा पढ्नुहाेस्