मुख्यमन्त्री पाण्डेद्धारा गल्छि र मलेखु तेक्वान्दो डोजाङलाई खेल सामाग्री बितरण

असोज ५, धादिङ । धादिङको गल्छि र मलेखु तेक्वान्दो डोजाङलाई तेक्वान्दो खेल सामाग्री बितरण गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको उपस्थितीमा डोजाङ प्रमुख सुब्बा श्रेष्ठलाई सामाग्री बितरण गरिएको हो । गल्छि तेक्वान्दो डोजाङलाई चेस्ट गार्ड ३ सेट, हेड गार्ड २ वटा र गोईङ गार्ड २ वटा प्रदान गरिएको हो भने मलेखु तेक्वान्दो डोजाङलाई चेस्ट गार्ड ४ सेट, हेड गार्ड २ वटा र गोईङ गार्ड २ वटा लगायतका सामानहरु बितरण गरिएको गल्छि तेक्वान्दो डोजाङका प्रमुख सुब्बा श्रेष्ठले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री पाण्डेले खेल जगत् निकै सुन्दर…

पुरा पढ्नुहाेस्

मुख्यमन्त्री पाण्डेद्धारा संसदीय दलको बैठक आह्वान

असार १७,काठमाडौँ । बागमती प्रदेशमा सत्तारुढ घटकले नै मुख्यमन्त्री फेर्न दबाब दिएपछि सरकारको नेतृत्व गर्दै आएको नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठक आह्वान गरिएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा शनिबार सो पार्टीको बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौंमा बस्ने भएको हो । संसदीय दलकी मुख्य सचेतक मुनु सिग्देलले दलको बैठक बोलाइएको बताइन् । कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईका अनुसार संसदीय दलको बैठकमा सहभागी हुनका लागि पार्टीका सबै सांसदलाई काठमाडौं बोलाइएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यसअघि नै काठमाडौं पुगिसकेका छन् ।

पुरा पढ्नुहाेस्

मुख्यमन्त्री पाण्डेद्धारा नयाँ बर्षको शुभकामना व्यक्त

बैशाख १,काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नव बर्ष २०७९ को पावन अवसरमा प्रदेशवासीका साथै सम्पुर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले २०७९ मा कोभिड १९ बाट थलिएको अर्थतन्त्रलाई उकास्न सफल हुनेमा विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकारले सम्मृद्ध प्रदेश निर्माणको लागि अघि बढाएका निति तथा कार्यक्रमलाई अझ दृढतापुर्वक जनताले महशुस गर्नेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

पुरा पढ्नुहाेस्

सिद्धलेकको कालिदह र कुम्पुर जोड्ने पक्की पुलको शिलान्यास

फागुन २७,धादिङ । जिल्लाको सिद्दलेक गाउँपालिका–१ कालिदह र सिद्दलेक–१ कुम्पुर जोड्ने मोटरेबल पक्की पुल निर्माणको काम सुरु भएको छ । पुलको आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले अबको केही महिनाभित्रै पुल निर्माण सम्पन्न हुने बताए । मुख्यमन्त्री पाण्डेले पुलको मात्रै योजना भएकोले वारी र पारीको बाटोको पनि तत्काल योजना बनाएर काम गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन गरेका छन् ।

पुरा पढ्नुहाेस्

मुख्यमन्त्री पाण्डेद्धारा मनमोहन अस्पतालमा लिक्विड अक्सिजन प्लान्टको उद्घाटन

पुस २,काठमाडौँ । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षा अस्पताल स्वयम्भुमा लिक्विड अक्सिजन प्लान्टको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका छन् । आजैबाट लिक्विड अक्सिजन प्लान्ट मनमोहन मेडिकल कलेजमा सञ्चालनमा आएको छ । पहिलो र दास्रो चरणको कोभिड १९ को समयमा झेल्नु परेको समस्यालाई दृष्टिगत गरी भविष्यमा आउने त्यसखालका महामारीहरुमा समेत अक्सिजन सेवालाई सहज तरिकाले परिपुर्ती गर्ने यो प्लान्ट जडान गरिएको मुख्यमन्त्री पाण्डेको भनाई थियो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानमा शंकर अक्सिजन प्रा.लि ले २० केएल को अक्सिजन प्लान्ट अस्पतालमा जडान गरिएको हो ।

पुरा पढ्नुहाेस्