मुख्यमन्त्री राजेन्द्र पाण्डेको सल्लाहकारमा प्रकाश विकल्प नियुक्त

फागुन २६, काठमाडौ । लेखक एवम् राजनीतिकर्मी प्रकाश विकल्प वागमती प्रदेश मुख्यमन्त्रीको सल्लाहकारमा नियुक्त भएका छन् । वागमती मन्त्रिपरिषद् बैठकले उनलाई सल्लाहकारमा नियुक्त गरेको हो । ‘स्मार्ट सरकार’ बनाउने लक्ष्यअनुरूप मुख्यमन्त्री राजेन्द्र पाण्डेले अघि सारेको वडातहसम्मको समाजवादी कार्यक्रम, प्रविधिमैत्री यातायात क्षेत्रलगायतका प्रदेश विकासका नविनतम कार्यक्रमलाई रणनीतिकरूपमा अघि बढाउन विकल्पसहित केही विज्ञलाई सल्लाहकारमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । आफूले पाएको जिम्मेवारी वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र प्रयोगको माध्यमद्वारा समाज रुपान्तरणमा प्रयोग गर्ने प्रकाशले बताएका छन् । उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा स्थानीय तह विभागका उपप्रमुखसमेत हुन्…

पुरा पढ्नुहाेस्

मुख्यमन्त्री राजेन्द्र पाण्डेले भोली विश्वासको मत लिने

कात्तिक २१,काठमाडौँ । बागमती प्रदेशसभाको बैठक भोलि दिउँसो तीन बजे बस्ने भएको छ । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी छ । बैठकमा भ्याएसम्म भोलि नै मुख्यमन्त्रीले विश्वासको मत लिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । सभामुखसहित प्रदेशसभामा एक सय ९ मत रहेको छ । गठबन्धनमा रहेका दलहरूसँग ५९ मत रहेकाले पाण्डे नेतृत्वको सरकारले विश्वासको मत सहजै प्राप्त गर्ने देखिन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभामा पत्र पठाइ सकिएको छ ।  

पुरा पढ्नुहाेस्

मुख्यमन्त्री राजेन्द्र पाण्डेले लिए पद तथा गोपनीयताको सपथ

कात्तिक ११, काठमाडौ ।बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएक हुन् । यस्तै बागमतीमा कृष्णप्रसाद खनाल आन्तरिक मामिला, कृष्णलाल भँडेल भौतिक पूर्वाधार र कुमारी मोक्तान सामाजिक विकास मन्त्रीले सपथ लिएका छन् । उनीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन् ।

पुरा पढ्नुहाेस्