कोरोनाबाट सुर्खेतमा पनि एक जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो !

जेठ २३, सुर्खेत । कोरोना भाइरसको संक्रमणका कारण सुर्खेतमा एक जनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका वडा नं १ हाँसेका २० वर्षे युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । बिहीबार बिहान करिव पौने २ बजेतिर क्वारेन्टाइनमै शंकास्पद ढंगले ज्यान गुमाएका ति युवाको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले जानकारी दिए । जेठ ९ गते भारतको मुम्वइबाट गाउँ फर्किएका उनी १४ पञ्चपुरी नगरपालिका वडा नं–९ विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।

पुरा पढ्नुहाेस्

महोत्तरीमा थप दुई जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो !

वैशाख २०, महोत्तरी । महोत्तरीमा अज्ञात कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै थाहै नभएको रोगका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास १२ स्थित इटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भंगाहा ६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि अज्ञात रोगबाट मृत्यु हुनेको संख्या ११ पुगेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दिवास १२ मेघरोल र भंगाहा ७ मेघनाथ गोरहन्नामा गत मंगलबारदेखि मंगलबारसम्म ८ जनाको मृत्यु भइसकेको छ ।

पुरा पढ्नुहाेस्