तेह्रथुममा करेन्ट लागेर एक युवकको मृत्यु

असोज १९, काठमाडौं । तेह्रथुममा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु गएको छ । आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामलाई इन्टरनेटको लाईन जोड्न लाग्दा करेन्ट लागेको हो । इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीका अनुसार इन्टरनेटको लाईन जोड्न विद्युतीय पोलमा चढ्दा करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

पुरा पढ्नुहाेस्

मासु खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु

असोज १८, चितवन । मासु खाँदा घाँटीमा अड्किए पछि चितवनका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

पुरा पढ्नुहाेस्

अमेरिकाको एक विद्यालयमा हमला, १८ बालबालिकासहित २१ जनाको मृत्यु

जेठ ११, काठमाडौँ । अमेरिकाको टेक्सास राज्यमा एक विद्यालयमा भएको बन्दुक आक्रमणमा १८ बालबालिका र एक शिक्षकसहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । युभाल्ड़ीस्थित दुईदेखि चार कक्षासम्मको पढाइ हुने रोब प्राथमिक विद्यालयमा उक्त आक्रमण भएको हो । आक्रमणमा आक्रमणकारी १८ वर्षिय साल्भाडोर रामोस पनि मारिएको जनाइएको छ । बन्दुकधारीले विद्यालयमा आक्रमण गर्नु अघि आफ्नै हजुरआमालाई गोली प्रहार गरेको जनाइएको छ । तर, उनी भने बाँच्न सफल भएकी छन् । केही वर्षयता अमेरिकी विद्यालय मास सुटिङको निशाना बन्दै आएको छ । यस वर्ष मात्र २७ यस्ता घटना विद्यालयमा भैसकेका छन्…

पुरा पढ्नुहाेस्

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

जेठ ४, काठमाडौँ । ललितपुरको बालकुमारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम थर ठेगाना नखुलेका अन्दाजी ३० वर्षीय युवक छन् । गम्भीर घाइते भएका युवकको उपचारको क्रममा आज बिहान ३ बजे बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२३ प ०४९१ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका युवकलाई गएराति सवा ९ बजे ठक्कर दिएको थियो । मोटरसाइकल चालक ललितपुर महानगरपालिका-२५ नखुडोल बस्ने ४२ बर्षका देब बहादर थापा रहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहाेस्

सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप, एकजनाको मृत्यु

बैशाख ३१, काठमाडौँ । सोलुखुम्बुको सोताङ गाउँपालिकामा दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ । कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा शुक्रबार साँझ भएको घटनामा घाइते भएका ३५ वर्षीय सुदिप राईको मृत्यु भएको हो । उनको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहले जानकारी दिए । घटनाबारे थप अनुसन्धन भइरहेको उनले बताए ।

पुरा पढ्नुहाेस्

मतदानपछि फर्किंदै गर्दा एक वृद्धको मृत्यु

बैशाख ३०, बैतडी । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए । आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहाेस्

कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बैशाख २८, काठमाडौँ । काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार विहान ट्रकको ठक्करबाट मृत्यु हुनेमा धादिङको धुनिवेशी नगरपालिका २ बस्ने ४५ वर्षीय दिवाकर अधिकारी रहेको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ । गम्भीर घाइते भएका उनको महाराजगंज स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । थानकोटबाट स्यवम्भूतर्फ आउँदै गरेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा ५ ख ७३४५ नम्बरको टिपरले आज बिहान ३ बजे ठक्कर दिएको हो । दुबै सवारी साधन र टिपर चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको…

पुरा पढ्नुहाेस्

बाढीले बगाउँदा एक किशोरीको मृत्यु

बैशाख २०, दाङ । खहरे खोलामा आएको बाढीले बगाउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नम्बर ४ हस्नापुरकी सन्ध्या परियारको हस्नापुर खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो । सोमबार अपरान्ह परेको भारी पानीले हस्नापुर खोलामा ठूलो बाढी आएको थियो । घर फर्कने क्रममा खोला तर्दा परियारलाई बगाएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । परियारलाई बाढीले बगाएको खबरपछि इलाका प्रहरी कार्यालय हापुरेबाट प्रहरी नायब निरीक्षक केशबराज रेग्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बगेको स्थानदेखि करिब एक सय५० मिटर दक्षिणबाट उनलाई उद्धार गरेको थियो । गम्भीर…

पुरा पढ्नुहाेस्

हुम्लामा एक म्यादी प्रहरीको मृत्यु, रसुवामा ग्यास सिलिन्डर पड्किँदा दुई घाइते

बैशाख १६, काठमाडौँ । हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको हो । सर्केगाड गाउँपालिका-६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए । उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्याल-ढोका बन्द रहेको र उनी भूइँमा मृत फेला परेको ओझाले बताए । घटनाबारे कारण खुल्न सकेको छैन । यस्तै, रसुवाको नौकुण्ड गाउँपालिका-५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना…

पुरा पढ्नुहाेस्

ब्यारेकभित्रै गोली लागेकी महिला सैनिक जवानको मृत्यु

बैशाख ८,बुटवल । कपिलवस्तुको गोरुसिंगेस्थित नेपाली सेनाको शमशेर दल गणमा गोली लागी घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान मृत्यु भएको नेपाली सेना पश्चिम पृतनाले जनाएको छ । राजवंशी गोली लागेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् । गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको थियो । उनको पेटमा दुई वटा गोली लागेको बताइएको छ । राजवंशी…

पुरा पढ्नुहाेस्