नेपाल र इन्डोनेसियाको मैत्रीपूर्ण खेल आज

कार्तिक ०५, काठमाडौं । नेपाल र इन्डोनेसियाको मैत्रीपूर्ण खेल आज शुक्रबार हुँदैछ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले इन्डोनेसियाको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग…

पुरा पढ्नुहाेस्

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

भदौ २०, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज आइतबार भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल अपरान्ह ५:३० बजे हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ ९असोज १५ देखि ३०० गतेसम्म आयोजना हुने तालिका रहेको छ। नेपाल र भारतबीचको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो । घरेलु दर्शकसामु खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता…

पुरा पढ्नुहाेस्