मोटरसाइकल दुर्घटना: आमाको मृत्यु, छोराछोरी घाइते

चैत्र २७,दाङ । दाङको घोराहीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मोटरसाइकल दुर्घटनामा परि १९ वर्षीय रोहन हमाल र १६ वर्षीया सविना हमाल घाइते भएका हुन् । उनीहरुको घोराहीमा उपचार भइरहेको छ । रोहन र सविना दाजु बहिनी हुन् । मृतक उनीहरुकी आमा रहेको प्रहरीले जनाएको छ । घोराहीको कटुकीबाट नारायणपुर बजार आउँदै गरेको रा १ ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका(८ वनगाउँमा दुर्घटनामा परेको थियो ।  

पुरा पढ्नुहाेस्