मोतीपुर घटना : कर्फ्यु हट्यो, जनजिवन सामान्य बन्दै

आश्विन २७, बुटवल । रुपन्देहीको बुटवलमा रहेको मोतीपुर प्रस्तावित औद्योगिक क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ । आइतवार चार जनाको ज्यान जाने गरी भएको झडपपछि स्थिति नियन्त्रणमा लिन यस क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो । स्थिति सामान्य भएपछि गएराति १२ बजेदेखि कर्फ्यु हटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । सार्वजनिक जग्गा अतिक्रमण गरी बसेकाहरुलाई हटाउने क्रममा भएको झडपमा चार जना नागरिकको ज्यान भएको थियो भने चार दर्जन बढी प्रहरीसहित ८० जना घाइते भएका थिए । चार जना प्रहरीको काठमाण्डौमा उपचार भइरहेको छ । मृतकका परिवारलाई प्रदेश सरकारले…

पुरा पढ्नुहाेस्