मोतीपुर घटना : सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु

आश्विन २४,रुपन्देही । मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपपछि सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी स्रोतले पनि तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । गृहमन्त्रालयका अनुसार झडपका क्रममा १४ जना घाइते भएका थिए । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

पुरा पढ्नुहाेस्