सन्दिप असोज २० गते नेपाल आउने, भन्छन्, ‘म झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्नेछु’

असोज १५, काठमाण्डौ । नाबालिगमाथी बलात्कारको आरोप लागेका नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू असोज २० (अक्टोबर ६) मा नेपाल आइपुग्ने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत लामिछानेले नेपाल आएर आफूमाथि लागेका झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् । ‘बलियो आशा र शक्तिका साथ म अक्टोबर ६ मा गृह देश नेपाल आइपुग्दै छु,’ उनले भनेका छन्, ‘नेपाल आएर झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्नेछु ।’ उनले आफू निर्दोष रहेको न्याय प्रणालीमा आफ्नो पूर्ण विश्वास रहेको बताएका छन् । साथै उनले आफूमाथि निष्पक्ष व्यवहार हुने विश्वास गरेका छन् । ‘छिटो भन्दा छिटो…

पुरा पढ्नुहाेस्