युक्रेनका चार क्षेत्र रुसमा गाभिएको राष्ट्रपति पुटिनको घोषणा

असोज १५, काठमाण्डौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार नयाँ क्षेत्र आफ्नो देशमा गाभिएको घोषणा गरेका छन्। पुटिनले शुक्रबार डोनेत्स्क, लुहान्सक, खेरसान र ज्यापोरिजियालाई रुसमा समावेश गर्ने दस्तावेजमा हस्ताक्षर गरेका हुन्। यसअघि नै कब्जामा लिएको यी क्षेत्रमा रुसले केही दिनअघि जनमत संग्रह पनि गरेको थियो । यस क्रममा अधिकांश मत रुसमा गाभिने पक्षमा आएको उसको दाबी छ। अबको केही दिनमा रुसमा यी क्षेत्रलाई औपचारिक रूपमा समावेश गर्ने प्रक्रिया पनि सुरु हुनेछ। राष्ट्रपति पुटिनले युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ता सुरु गर्न आग्रह गरेका छन् । पुटिनले आफ्नो कब्जामा लिएको…

पुरा पढ्नुहाेस्