सिटीलाई हराउँदै रोमा फाइनलमा

बैशाख २३, काठमाडौं । इटालियन क्लब रोमा युरोपा कन्फरेन्स लिगको फाइनलमा पुगेको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा लेस्टर सिटीलाई १-० गोल अन्तरले हराउँदै रोमा समग्रमा २-१ को जितसहित फाइनल पुगेको हो । रोमालाई जित दिलाउन टामी अब्राहमले निर्णायक गोल गरे । उनले खेलको ११ औं मिनेटमा गोल गरेका थिए । पहिलो लेगमा भने रोमा र लेस्टरले १-१ गोलको बराबरी खेलेको थियो । अब रोमाले उपाधिका लागि फियनरुडसँग खेल्नेछ । फाइनल मे २५ मा हुनेछ । फियनरुडले दोस्रो लेगमा मार्सेलीसँग गोलरहित बराबरी खेलेपनि समग्रमा ३-२ को जित निकाल्यो…

पुरा पढ्नुहाेस्