युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जा सम्झौता

मंसिर ९, काठमाडौं । नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बिच न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भुमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्न बुधबार एक कार्यक्रमका बिच कर्जा सम्झौता भएको छ । सो कर्जा सम्झौतामा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले…

पुरा पढ्नुहाेस्

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सञ्चालनमा “कोसी इकोनोमिक करिडोर कार्यक्रम”

काठमाडौँ विश्वमा मानव सभ्यता तथा वस्तीको विकास नदीको छेउछाउ,किनारबाट भएको पाइन्छ । भारतको ब्रम्हपुत्र,चीनको हवाङ्हो,आफ्रिकाको नाइल,दक्षिण अमेरिकाको अमेजन नदी आदि मानव सभ्यता विकास एवं आर्थिक समृद्धिका लागि ऐतिहासिक केन्द्रविन्दु मानिदै आएका छन् । सोही अनुसार कोषले सप्ताकाशी नदी तथा उक्त नदीमा सहायक नदीहरुका किनारको आसपासमा नदीले छोएका सिन्धुपाल्चोक ,काभ्रेपलाञ्चोक,सिन्धुली,रामेछाप,दोलखा,ओखलढुंगा,सोलुखुम्बु,खोटाङ,उदयपुर,सप्तरी,भोजपुर,संखुवासभा,धनकुटा,तेह्रथुम,पाँचथर,ताप्लेजुङ,सुनसरी गरी १७ जिल्लामा माछापालन,लोकल हाँस–कुखुरापालन बंगुरपालन,बाख्रापालन,होमस्टे, ,¥याफ्टिङ व्यवसाय,आलुखेती,काउली,बन्दा,बेसार खेती,पशुपंक्षी पालन आदि व्यवसायमा कर्जा उपलब्ध गराई स्वरोजगार कार्यक्रम सञ्चालन गर्नेछ ।

पुरा पढ्नुहाेस्

के हो युवा तथा साना व्यवसायी स्वरोजगार कोष ?

जेठ १८,काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले “सुलभ कर्जा युवालाई स्वरोजगार,उत्पादनशिल लगानी विकासको आधार भन्ने नाराका साथ स्थानीय स्रोत साधनको समुचित प्रयोग हुने गरी मुलुकमा उपलब्ध जनशक्तिद्धारा स्वरोजगारमुलक व्यवसायिक परियोजना सञ्चालन गर्नका स्थानियस्तरमा सुलभ र सुरक्षित व्यवसायिक कर्जा उपलब्ध गराई उद्यमशिलताको विकासमार्फत मुलुकभित्र स्वरोजगारका अवसरहरु सिर्जना गर्न विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । कोषले स्थापना कालदेखि नियमित रुपमा सञ्चालन गर्दै आएको स्वारोजगार कार्यक्रम हो । कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका (कल्याण) भन्नुहुन्छ–’हाम्रो देशमा स्रोत साधनको पर्याप्तता छ । हामीसँग असीमित आर्थिक क्षमता र उर्जित सपना बोकेका युवा…

पुरा पढ्नुहाेस्