यूएस ओपनको उपाधि ड्यानियल मेडभेडेभलाई

भदौ २८, काठमाडौं । यूएस ओपन २०२१ अन्तर्गत पुरुष सिंगलतर्फको उपाधि रसियाका ड्यानियल मेडभेडेभले जितेका छन् । विश्व नम्बर १ नोभाक जोकोभिचलाई पराजित गर्दै मेडभेडेभले करियरकै पहिलो ग्रान्ड स्ल्याम उपाधि जितेका हुन् । न्यू योर्कस्थित आर्थुर आशे स्टेडियममा आइतवार राति सम्पन्न खेलमा मेडभेडेभले जोकोभिचलाई ६–४, ६–४ र ६–४ को सेटमा पराजित गरे । यसै वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बेल्डन गरी तीन ग्रान्ड स्ल्याम जितेका जोकोभिचले यूएस ओपन उपाधि जित्दै इतिहास बनाउन भने सकेनन् । पछिल्लो पटक जोकोभिच सन् २०२० को रोलान्ड गारोस फाइनलमा राफाएल नाडालसँग पराजित भएका थिए…

पुरा पढ्नुहाेस्