उत्तरीनाकाबाट भित्रियो २२ विद्युतीय माइक्रोबस

कार्तिक ११, काठमाडौं । नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस भित्रिएको छ । सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका १२ सिट क्षमताका २२ वटा माइक्रोबस बुधबार नेपाल त्याइएको हो । चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दसैँलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए । दसैँअगावै १०० विद्युतीय कार आयात भएका थिए भने पछिल्लो समय माइक्रोबस आयात हुने क्रम बढेको भन्सार कार्यालय टिमुरेले जनाएको छ । दसैँ अगाडि आयात भएका सानाखाले केही सवारी साधन भने मालधनी एवं उसका…

पुरा पढ्नुहाेस्