रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडानकार्य ६० प्रतिशत सकियो

असोज १९, काठमाडौँ । उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य तीव्ररूपले अगाडि बढेको छ । एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट चरणबद्वरूपमा अगाडि बढेको सो आयोजनाको सुरूङ खन्नेलगायतका संरचना निर्माण गरी उपकरण जडानलाई उच्च प्राथमिकता दिइएको हो । आयोजनाका आयोजना प्रमुख सत्यराम ज्याख्वका अनुसार उपकरण जडानकार्य ६० प्रतिशत पूरा भएको र बाँकी काम २०७९ भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ । उपकरण जडानमा भोइथ इण्डिया कार्यरत रहेको र उसको काम सन्तोषजनक तवरले अगाडि बढिरहेको इलेक्ट्रिकल इञ्जीनियर…

पुरा पढ्नुहाेस्

रसुवागढी जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सम्पन्न

फागुण २२, रसुवा । रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका टिमुरेमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्य जनशक्तिको अभावले ठप्प भएको छ । जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इन्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक गत ०७६ चैत ८ गतेदेखि देश छोडी हिँडेका कारण विद्युत् उत्पादनका उपकरण जडानको कार्य ठप्प भएको हो । उपकरण जडान छिटो सम्पन्न गराउन उक्त कम्पनीलाई ताकेता गरिए पनि यथेष्ट जनशक्ति अझै उपलब्ध नगराएको रसुवागढी जलविद्युत् आयोजनाले बताएको छ । भूमिगत संरचनाको विद्यत्गृहमा निर्माण गर्नुपर्ने सिभिल संरचनातर्फको काम प्रायः पूरा भइसकेको अवस्थामा भोइथ…

पुरा पढ्नुहाेस्