राजेन्द्र पाण्डेको अगुवाईमा “हाईवे क्यान्सर प्रिभेन्सन एण्ड रिसर्च सेन्टर स्थापना गरिदै

राज ढुंगानाबैशाख ८,काठमाडौँ । “हाईवे क्यान्सर प्रिभेन्सन एण्ड रिसर्च सेन्टर” स्थापना गर्न धादिङ क्षेत्र नम्बर १ का सांसद तथा पुर्वमन्त्री राजेन्द्र पाण्डेले पहलकदमी लिएका छन् । धादिङको थाक्रे १ बिर्ताचौरमा हाईवे क्यान्सर प्रिभेन्सन एण्ड रिसर्च सेन्टर स्थापना गर्न आज धादिङ लगायत विभिन्न जिल्लाका व्यक्तिहरुको भेला आयोजना गरिएको थियो । तरकारी, खाद्यान्न र फलफुल जस्ता कृषिजन्य उपजहरुको उत्पादनका क्रममा रासायनिक मल र विषादीको अत्याधिक प्रयोग, खाद्य सामाग्रीहरुमा अखाद्य वस्तुहरुको मिसावट, निम्न गुणस्तरका औषधीको प्रयोगका कारण अर्वुद रोगका पिडितहरुको संख्या दिन प्रतिदिन बढ्दै गर्दा सो सेन्टरको निर्माण गर्न लागिएको पाण्डेले बताए ।…

पुरा पढ्नुहाेस्

मुख्यमन्त्री पाण्डेको १०० दिने उपलब्धी: धादिङमा दुई सडकसहित अन्य काम यसरी समेटियो !

माघ २४,काठमाडौँ । बागमती प्रदेश सरकारमा धादिङ क्षेत्र नम्बर १ क बाट निर्वाचित सांसद राजेन्द्र पाण्डे मुख्यमन्त्री भएपछि धादिङ विकासको प्राथामिकतामा परेको छ । मुख्यमन्त्री पाण्डेले आफ्नो १०० दिने उपलब्धीमा पिप्लामोड महेशफाँट रमाइलोचौर कोल्पुखोला सडक (काठमाण्डौ–धादिङ–नुवाकोट), पिङ्गथली रजवास भूमिचुली बुढाखानी देवीटार सडक, (काभ्रेपलाञ्चोक), भीमढुङ्गा लामिडाँडा सडक,कात्तिके (चुरिथुम्का–सिपाघाट सडक (काठमाण्डौ–काभ्रेपलाञ्चोक–सिन्धुपाल्चोक)लगायतका १५ वटा आयोजना र कार्यक्रम सङ्घीय समपूरक अनुदानको लागि प्रस्ताव गरिएको बारे समेटेका छन् । मुख्यमन्त्री पाण्डेले सवारी दुर्घटनाबाट हुने घाइतेको उपचारका लागि गजुरी गाउँपालिका, मनहरी गाउँपालिका, मन्थली नगरपालिका र मेलम्ची नगरपालिकाका राजमार्ग आसपास क्षेत्रमा पर्ने स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आवश्यक…

पुरा पढ्नुहाेस्

वाग्मतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

कार्तिक २२, काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा पाण्डेले विश्वासको मत लिने तयारी गरेको प्रदेश सभा सदस्य बद्री मैनालीले जानकारी दिए । संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश सभामा कुनै दलको स्पष्ट बहुमत नरहे दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने र नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । गठबन्धनका नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र…

पुरा पढ्नुहाेस्

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे: राजनितिक यात्रा,जेल जिवन र राष्ट्रिय जिम्मेवारी

२०१३ साल जेठ २९ गते धादिङको गजुरी गाउँपालिका वडा नम्बर–२ मा बाबु नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेको कोखबाट जन्मेका हुन् ।  ग्रामिण विकासमा स्नातकोत्तर गरेका पाण्डे २०२९ सालमा एसएलसी उत्तीर्ण गरी धादिङबाट काठमाडौ पुगेका थिए । २०३० साल असारमा सरस्वती क्याम्पसमा भर्ना भएपछि प्रगतिशील विद्यार्थीहरुसँग उनको भेट भयो र त्यहिँबाट राजनीतिमा प्रवेश गरेका थिए । २०३१ सालमा भारतले सिक्किमलाई गाभेपछि भएको आन्दोलन र २०३२ सालमा भएको झापा आन्दोलन नै उनको राजनीतिक करियरको पहिलो खुड्किलो बन्यो । यो दुई आन्दोलनमा ३ पटक गरी १ सय ५९ दिन जेल परे ।…

पुरा पढ्नुहाेस्

प्रदेश सरकारलाई सञ्चार मैत्री बनाइँन्छ : मुख्यमन्त्री पाण्डे

कार्तिक १३, काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्ने बताएका छन् । नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज सौराहामा उद्घाटन गर्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेले यस्तो बताएका हुन् । पाण्डेले देशको परिवर्तनमा सञ्चार माध्यम र सञ्चारकर्मीको अतुलनिय योगदान रहेको बताए । प्रदेश सरकार संविधान, लोकतन्त्र, संसद्, सङ्घीयता र समावेशीलोकतन्त्रको पक्षमा रहेको भन्दै उनले यसमा वकालत गर्न सञ्चारकर्मीलाई आग्रह गरे । अघिल्लो प्रदेश सरकारले आफ्नै सञ्चार माध्यम खोल्ने नीति ल्याएको भएपनि आफु त्यसको पक्षमा नरहेको मुख्यमन्त्री पाण्डेले स्पष्ट पारे ।

पुरा पढ्नुहाेस्

नवनियुक्त मुख्यमन्त्री पाण्डेको पहिलो निर्णय यस्तो छ ! (भिडियोसहित)

कार्तिक ११, बाग्मती । नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । संविधानको धारा १६८ को २ बमोजिम नियुत्त भएका पाण्डेले प्रदेश प्रमुख यादव चन्द्र शर्माले समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त मुख्यमन्त्री पाण्डेले पदभार ग्रहण गरेसँगै पहिलो निर्णय गरेका छन् । पाण्डेले प्रदेश स्तरका सबै अस्पतालमा अक्सिजन प्लान्ट, पीसीआर परिक्षणका लागि आवश्यक उपकरण, थप बेड साथै भेन्टीलेटर र औषधीको सहजताका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । निर्णलयमा भनिएको छ, ‘बाग्मतीका १३ बटै जिल्लामा देखिएको…

पुरा पढ्नुहाेस्