‘राज्यको नीति तथा कार्यक्रमले नेपाली युवाहरुको श्रम र सीपलाई बेवास्ता गर्यो’ : गोकर्ण विष्ट

जेठ १४, काठमाण्डौ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सांसद गोकर्ण विष्टले देशको संकट समाधान हुनेगरी सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरेका छन् । सरकारले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै विष्टले यस्तो बताएका हुन् । सरकारको नियमनको अभावले असमानता पैदा गरेको भन्दै त्यसको सम्बोधन हुनेगरी कार्यक्रम नआएको उनले बताए । राज्यको नीति तथा कार्यक्रमले नेपाली युवाहरुको श्रम र सीपलाई नेपालमा प्रयोग गरे बदल्ने हिसाबले दिशाबोध गर्न नसकेको उनले बताए ।

पुरा पढ्नुहाेस्