रामायणमा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन

असोज २०, काठमाडौँ । भारतीय टेलिभिजनको सबैभन्दा लोकप्रिय शो रामायणमा लङ्काका अधिपति रावणको भूमिका निभाइसकेका अभिनेता तथा पूर्व सांसद अरविन्द त्रिवेदीको मंगलबार अबेर राती निधन भएको छ । उनको निधनको खबर उनका आफन्तले पुष्टि गरेका छन् । उनी ८३ वर्षका थिए । अरविन्द त्रिवेदीका भतिजा कौस्तुभ त्रिवेदीले उनको निधनको खबर पुष्टि गर्दै भने, ‘मंगलबार राती १० बजे उनको निधन भएको हो । पछिल्लो २–३ दिनदेखि उहाँको स्वास्थ्य स्थिति खराब थियो । यद्यपि, उनलाई त्यस्तो खासै ठूलो रोग भने थिएन ।’

पुरा पढ्नुहाेस्