राष्ट्रपति भण्डारीले लगाइन् गुरूहरुको हातबाट टीका

असोज १९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरुबाटको हातबाट बडादशैंको टीका ग्रहण गरेकी छन् । बडादशैं २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन् । आफूले टीका ग्रहण गरेलगत्तै उनले आफ्नी छोरी र आफन्तहरूलाई टीका लगाएर आशीर्वाद दिएकी छन् । त्यसपछि विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा…

पुरा पढ्नुहाेस्

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको पूजाआजा

असोज १७, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको आठौँं दिन आज अष्टमीको अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरेकी छन् । राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले सो मन्दिरमा पूजाआजा र दर्शन गर्नुएको हो । नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे राष्ट्रपति मन्दिर परिसर पुगेकी हुन् । राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा र दर्शन गरेकी थिइन् । जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर…

पुरा पढ्नुहाेस्

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुईवटा विधेयक प्रमाणीकरण

भाद्र ५, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएका दुईवटा विधेयक आइतबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

पुरा पढ्नुहाेस्

राष्ट्रपतिद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा

जेठ १४, काठमाडौँ । सरकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी भएको छ । गणतन्त्र दिवस–२०७९ भोलि मनाइँदैछ ।

पुरा पढ्नुहाेस्

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा गराउन राष्ट्रपतिको आग्रह

बैशाख २२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा गराउन आयोगससिहत सम्बद्ध पक्षलाई आग्रह गरेकी छिन् । निर्वाचनको तयारीलगायत सन्दर्भमा निर्वाचन आयोगका पदाधिकारीसँग बुधबार भएको भेटमा राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन् । उनले निर्वाचनको तयारी सन्तोषजनक रहेको र उम्मेदवारलाई मताधिकारको निर्वाध प्रयोगका लागि सुरक्षा प्रबन्धममा विशेष सावधानी अपनाउन र आवधिक निर्वाचन गराउने वैधानिक दायित्व निर्वाह गर्न आयोगलाई आग्रह गरिन् । भेटमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनका लागि गत चैतमा निर्वाचन आचारसंहिता लागू भई तयारीको काम भइरहेको जानकारी दिए । राष्ट्रपतिसँगको…

पुरा पढ्नुहाेस्

राष्ट्रपति र डब्ल्युएचओका महानिर्देशकबीच भेटवार्ता

बैशाख ९, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच आज बिहान भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए । उनका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्युएचओले खोप वितरण गरेकामा डब्ल्युएचओ महानिर्देशक डा टेड्रोसलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । महानिर्देशक डा टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गरे । भेटमा महानिर्देशक डा टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानका बारेमा…

पुरा पढ्नुहाेस्

दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन प्रण गरौं

माघ २३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिएकी छन् । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भन्ने कामना गरेकी छन् । विद्या, वुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले सर्वसुलभ, गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट प्रतिस्पर्धी जनशक्ति विकास गर्ने, शिक्षामा लगानी…

पुरा पढ्नुहाेस्

निर्वाचनका लागि आयोग मनोवैज्ञानिक तथा भौतिक रुपमा तयार रहनु : राष्ट्रपति भण्डारी

माघ १८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरूरी रहेको बताएकी छन् । निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले निर्वाचनमा बढी भन्दा बढी मतदाताहरूको सहभागिता गर्ने गराउने तर्फ कार्य गर्न, निर्वाचन प्रणालीलाई लैङ्गिक मैत्री बनाउन, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदान स्थल तथा केन्द्रहरू मतदाता मैत्री बनाउन उनले सुझाव दिइन् । आयोगले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य समेतको निर्वाचन गराउने महत्वपूर्ण जिम्मेवारीका…

पुरा पढ्नुहाेस्

राष्ट्रपतिद्वारा संसदका दुवै सदनको अधिवेशन आह्वान

मंसिर १६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरिएको हो । राष्ट्रपतिले सरकारकै सिफारिसमा बुधबार मात्रै रेल्वेसम्बन्धीसहित ६ अध्यादेश जारी गरेकी छन् ।

पुरा पढ्नुहाेस्

बुद्धकालीन शिक्षा पाठ्यक्रममा राख्न विश्वविद्यालयलाई राष्ट्रपतिको आग्रह

मंसिर १६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धकालिन शिक्षालाई पाठ्यक्रममा समावेश गर्न विश्वविद्यालयलाई आग्रह गरेकी छन् । बिहीबार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवनको समुद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गरेकी हुन् । सम्बोधनमा राष्ट्रपति भण्डारीले विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुले बौद्ध दर्शनलाई प्राज्ञिक कार्यक्रमका रुपमा समावेश गर्दै गएको उल्लेख गरिन् । उनले देशभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्त्विक, सांस्कृतिक सम्पदाको उत्खनन, संरक्षण र संवर्द्धनमा अग्रसर हुनुपर्ने पनि बताइन् । उनले…

पुरा पढ्नुहाेस्