राष्ट्र बैँकको नयाँ तथ्याङ्क: देशको अर्थतन्त्र सुधार हुँदा के–के भयो प्रगति ?

माघ २३,काठमाडौँ । अर्थतन्त्रका सूचकहरू सुधार हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सोमवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार शोधनान्तर बचत, विदेशी विनिमयको सञ्चिति, रेमिट्यान्स लगायतका सूचकमा सुधार भएको छ । छ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको छ महिनामा शोधनान्तर स्थिति दुई खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको थियो । यस्तै गएको असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति अहिले १० प्रतिशतले बढेर…

पुरा पढ्नुहाेस्

राष्ट्र बैँकको नयाँ तथ्याङ्क: ह्वात्तै मूल्य वृद्धि, व्यापार घाटा बढ्यो

पुस ३०,काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा मूल्य वृद्धि उच्च रहेको राष्ट्र बैङ्कले देखाएको छ । यस अवधिमा खाद्य तथा पेय पदार्थको ५।६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहमा ८.२५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको मङ्सिर मसान्तको तुलनामा यो वर्षको सोही अवधिमा घिउ तथा तेलमा साढे २८ प्रतिशत, यातायात, दाल तथा गेडागुडीमा १६.२५ प्रतिशत, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहमा ११.७४ प्रतिशतले मूल्य वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा जम्मा सात…

पुरा पढ्नुहाेस्