रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा

जेठ १२, काठमाण्डौ । रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले सङ्कटकाल घोषणा गरेका छन् । उनले रुस र युक्रेनबीच युद्ध निरन्तर चलिरहेकाले त्यसको असर बढ्दै गएको र सङ्कटकाल घोषणा गर्नुपरेको बताए । नवनिर्वाचित प्रधानमन्त्री अर्वानले अस्ति मात्रै नयाँ सरकार गठन गरेका थिए । हिजोदेखि लागू भएको सङ्कटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  

पुरा पढ्नुहाेस्