रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी

माघ १६,काठमाडौँ । जनकपुरधामस्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा पूर्व कर्मचारीले दोस्रो चरणको आन्दोलनमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनीले पुराना कर्मचारीलाई बिनाकारण निकालेको भन्दै रेल्वेका पुरानो कर्मचारी संघर्ष समितिले बिहीबारदेखि जनकपुरधामस्थित रेल्वे स्टेशनमा रहेको नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेको हो । कम्पनीका महाप्रबन्धक निरञ्जन झाले पुराना कर्मचारीलाई बिनाकरण निकाली नयाँ कर्मचारी नियुक्त गरी तालिम सञ्चालन गर्दैआएकोले सो तालिम सञ्चालन रोक्न र पुराना कर्मचारीलाई पुनर्वहालीको माग राख्दै कर्मचारीहरु आन्दोलन गरिरहेको बताए । दुई सातादेखि धर्ना, प्रदर्शन गर्दै आएपनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेको समितिले जनाएको छ । संघर्ष समितिले…

पुरा पढ्नुहाेस्