रोटर्याक्टको पिएस मिट सम्पन्न

भाद्र २६,हेटौंडा । रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्याक्ट क्लव अफ हेटौंडा र रोटर्याक्ट क्लव अफ मकवानपुरको आतिथ्यतामा भएको अध्यक्ष सचिव भेला (पिएस मिट) बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको छ । शनिबार हेटौंडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा भएको भेलामा देशैभरका रोटर्याक्ट क्लवका अध्यक्ष–सचिव भेला भएका थिए । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले भेलाको उद्घाटन गरेकी हुन् । उनले सामाजिक संघसंस्थामा आबद्ध युवाहरुलाई राष्ट्र निर्माणको अभियानमा समेत सघाउ पुर्याउन अनुरोध गरिन् । ‘रोटरी, रोटर्याक्ट लगायतका सामाजिक संघसंस्थाले पनि नेपाली समाजमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्’, उनले भनिन्, ‘सामाजिक कामसंगै मुलुकको…

पुरा पढ्नुहाेस्