ललितपुरको बालकुमारी मन्दिर पुनर्निर्माण अघि बढ्यो

भाद्र २३,काठमाडौँ । ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिर पुनः निर्माण अघि बढेको छ । विसं २०७२ को भूकम्पले सो मन्दिरको भित्ता चिराचिरा परेकाले फलामको टेका दिएर पालसमेत हालेर राखिएको थियो । कुमारीलाई नजिकै रहेको सत्तलमा सारी मन्दिरको गजुर निकालेर माथिबाट भत्काउन थालिएको बालकुमारी मन्दिर पुनः निर्माण समितिका अध्यक्ष खड्गलाल महर्जनले बताए । उनले भने, ‘महानगरपालिकाले विनियोजन गरेको रु ५० लाख र जनश्रमदानबाट उठेको रु छ लाख गरी कुल रु ५६ लाखले हाललाई काम अघि बढाएका छौं ।’ मन्दिर पुनः निर्माणमा कुल रु चार करोड ४१ हजार रकम खर्च हुने…

पुरा पढ्नुहाेस्