लुम्बिनी प्रदेशमा पाँच दलिय गठबन्धनको बैठक सुरू

चैत्र २८,काठमाडौँ । लुम्बिनी प्रदेशमा पाँच दलिय गठबन्धनको बैठक सुरू भएको छ । मुख्यमन्त्री कार्यालय बुटवलमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्नको लागि गठबन्धनको बैठक सुरू भएको हो । छलफलमा पार्टी का प्रमुखले जिल्लामा आफ्नो दलको अवस्था वारे पालैपालो ब्रिफिङ गरेको बैठकमा सहभागी एक सदस्यले वताए । बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीसहित नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल , जनता समाजबादी पार्टीका प्रदेश अध्यक्ष अशोक यादब , नेकपा एकिकृत समाजबादि पार्टीका केन्द्रिय कमिटीका सदस्य राजु गुरूङ, जनमोर्चाका जिल्ला अध्यक्ष बद्रेआलम लगायतका नेताहरूको सहभागीता…

पुरा पढ्नुहाेस्