लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल

माघ २९, देउखुरी । लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेल नियुक्त भएका छन् । मुख्यमन्त्री लीला गिरीले उनलाई सो पदमा नियुक्त गरेका हुन्। मुख्य न्यायाधिवक्ता पौडेलले आजै सपथ लिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। प्रदेश सरकारका मुख्य कानुनी सल्लाहकार मानिने मुख्य न्यायधिवक्ताले संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको अन्य अधिकारीलाई रायसल्लाह दिनुपर्ने हुन्छ। मुख्य न्यायाधिवक्ताले कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थायी निवासी मुख्य न्यायाधिवक्ता पौडेल यसअघि लुम्बिनी प्रदेश…

पुरा पढ्नुहाेस्

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित

जेठ २९, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम आइतवार पारित भएको छ । गत बुधवार प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको १८६ बुँदे नीति तथा कार्यक्रम आइतवार बसेको प्रदेशसभाको १०औँ अधिवेशनको १०औँ बैठकले बहुमतले पारित गरेको हो। यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएका थिए। आइतवारको बैठकमा नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कुलप्रसाद केसीले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक(फरक भएपनि लुम्बिनीको विकासमा एकतावद्ध…

पुरा पढ्नुहाेस्

लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायधिवक्तामा सुवेदी नियुक्त

भाद्र ८,बुटवल । लुम्बिनी प्रदेश सरकारले मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी चयन भएका छन् । प्युठानका सुवेदीलेको प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन् । उनलाई उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले शपथ ग्रहण गराएकी छन् । निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्व रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिँदा खाली रहेको पदमा सुवेदीलाई गठबन्धन सरकारले नियुक्त गरेको हो । नवनियुक्त न्यायाधिवक्ता सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए । सुवेदीको शपथग्रहणमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी,मन्त्रीहरू प्रदेशसभा…

पुरा पढ्नुहाेस्