लुम्बिनी विकास बैंकले ‘एल.बि.बि.एल डिबेञ्चर २०८९’ जारी गर्ने

वैशाख २८, काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेड रु.१,०००÷ अंकित दरको १०,००,००० कित्ताले हुन आउने रु. १,००,००,००,०००÷– (अक्षरुपी १ अर्ब) रकम बराबरको ११% एल.बि.बि.एल डिबेञ्चर २०८९ ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको र ब्याजदर ११% प्रतिशत रहेको छ । उक्त सम्झौतामा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले मिति २०७९ बैशाख २८ गते हस्ताक्षर गर्नुभएको छ । प्रस्तावित…

पुरा पढ्नुहाेस्