वर्षमान पुनले भने–’नागरिकता विधेयकमा एमालेले राजनीति गरिरहेको छ’

भाद्र २,काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाएका छन् । नागरिकताबाट वञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे । बिहीवार प्रतिनिधि सभा बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैवाहिक अङ्गीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई विधेयक पारित गराउने काममा सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका छोराछोरीले नागरिकता नपाएको…

पुरा पढ्नुहाेस्