विदेशी मुद्राको सञ्चिति घट्यो ! राष्ट्रको ढुकुटीमा कति छ डलर ?

पुस ३०,काठमाडौँ । विदेशी मुद्राको सञ्चिति घटेको छ । देशभित्र रहेको विदेशी मुद्रा सञ्चितिको अवस्थाले करिब साढे सात महिनाको वस्तु आयात तथा छ महिना आठ दिनको वस्तु तथा सेवा आयात मात्रै धान्न सक्ने नेपाल राष्ट्र बैङ्कले जनाएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको साउनदेखि मङ्सिरसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार २०७८ मङ्सिर मसान्तमा राष्ट्रको ढुकुटीमा १२ खर्ब १४ अर्ब तीन करोड रुपियाँ बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ जुन पाँच महिनाअघि अर्थात् असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड रुपियाँ बराबर रहेको थियो ।…

पुरा पढ्नुहाेस्