विराटनगर महानगरपालिकामा कांग्रेसको उम्मेदवार नागेश कोइराला

बैशाख १२,काठमाडौँ । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । विराटनगरको मेयरमा नेता डा. शेखर कोइरालाले नागेश र अर्का नेता कृष्ण सिटौलाले वर्तमान प्रमुख भीम पराजुलीको नाममा अडान लिँदा उम्मेदवार टुङ्गो लगाउन ढिलाइ भएको थियो । पार्टीले डा। कोइरालाकै सिफारिसमा नागेशलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व केन्द्रीय सदस्य अमृत अर्याल र केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलालाई मेयरमा अघि सारेका थिए ।

पुरा पढ्नुहाेस्