विश्व कप क्रिकेट लिग–२: अमेरिकामाथी नेपालको ५ विकेटको जित

भाद्र २९,काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालको पुरुष क्रिकेट टोलीले अमेरिकालाई पाँच विकेटले हराएको छ । अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ८४ रन बनाए । त्यस्तै रोहित पौडेलले अविजित अर्धशतक बनाउँदा विनोद भण्डारी ३७ रन बनाएर आउट भए । बलिङतर्फ अमेरिकाका नोस्थुश केन्जिजे र निसर्ग पटेलले दुई-दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै दुई सय ३० रन बनायो…

पुरा पढ्नुहाेस्