विश्व बैंकले २०२२ को विश्वव्यापी वृद्धि प्रक्षेपण २.९ प्रतिशतमा घटायो

जेठ २५, काठमाडौँ । युक्रेनमा रुसले गरेको आक्रमणका कारण देखाउँदै विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २.९ प्रतिशतमा घटाएको छ जुन जनवरीको प्रक्षेपणभन्दा १.२ प्रतिशतले कम छ । “विश्व अर्थतन्त्रले ८० वर्षभन्दा बढीमा विश्वव्यापी मन्दीबाट प्रारम्भिक पुनः प्राप्तिपछि यसको तीव्र गिरावटको अनुभव गर्ने अपेक्षा गरिएको,” बैंकले मंगलबार आफ्नो ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनमा उल्लेख गरेको छ । कोभिड–१९ महामारीका कारण आएको मन्दीपछि सन् २०२१ मा वृद्धिदर ५.७ प्रतिशतमा पुर्‍याएपछि यो गिरावट आएको हो । रुसको आक्रमण र मस्कोमा पश्चिमी प्रतिबन्धहरूले अनाज र तेलको मूल्य विश्वव्यापीरूपमा बढाएको छ । “युक्रेनमा युद्ध, चीनमा…

पुरा पढ्नुहाेस्

वित्तीय क्षेत्र सुदृढीकरणमा विश्व बैंकले १५ करोड डलर ऋण दिने

बैशाख २२, काठमाडौं । वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको ‘वृद्धिका लागि वित्त’ विकास नीति ऋण सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट मल्दिभ्स, नेपाल, र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका हुन् । उक्त अवसरमा अर्थसचिव मरासिनीले भने, ‘हाम्रा मुख्य प्राथमिकताहरू दिगो र समावेशी वृद्धि हासिल गर्ने उद्देश्यद्वारा निर्देशित छन् जुन वित्तीय क्षेत्र विकास…

पुरा पढ्नुहाेस्

सरकारले विश्व बैंकको १८ अर्ब ऋण, अमेरिकाबाट ८० अर्ब अनुदान लिने

बैशाख ३, काठमाडौँ । सरकारले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको अन्तराष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६ सय ५९ मिलियन करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता…

पुरा पढ्नुहाेस्

सरकारले विश्व बैंकबाट २ अर्ब १४ करोड सहुलियतपूर्ण ऋण लिने

फागुन १४, काठमाडौँ । नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सो ऋण नेपालले कोभिड १९ विरुद्धको खोप खरिदमा उपयोग गर्नेछ । विशेषगरी ५ वर्षभन्दा माथिका सबैलाई खोप व्यवस्थाका लागि सो रकम खर्च गरिने छ । अर्थ सचिव मरासिनीले दोस्रो अतिरिक्त वित्तपोषणले सबै नेपालीमा, विशेषगरी बालबालिकाहरूमा खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा प्रदान गर्ने…

पुरा पढ्नुहाेस्

नेपालमा संघीयताले वित्तीय खर्च बढायो : विश्व बैंक

मंसिर २१, काठमाडौं । नेपालले वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेपनि वित्तीय स्थिरताका लागि अझै प्रयास जरुरी रहेको विश्व बैंकको एक अध्ययन प्रतिवेदनमा देखाएको छ । सोमबार सार्वजनिक गरिएको सार्वजनिक खर्चको समीक्षा प्रतिवेदनले वित्तीय स्थिरता, हरित, लचिलो र समावेशी विकासका लागि सहायताको आवश्यकता औँल्याएको छ । मुलुक संघीयतामा गएपछि खर्चको दायित्व पनि प्रदेश तथा स्थानीय सरकारहरूमा हस्तान्तरण भएको छ । अन्तरसरकारी हस्तान्तरण र राजस्व बाँडफाँटको माध्यमबाट यस्तो लगानी हस्तान्तरण भएको छ । वार्षिक बजेटको करिब ३० प्रतिशत ९कुलगार्हस्थ उत्पादनको ८ देखि ९ प्रतिशत०लगानी हस्तान्तरण भइरहेको छ । संघीयताले नीति निर्माणको…

पुरा पढ्नुहाेस्

आठ अर्ब बढीको ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना सुरु

मंसिर ५, काठमाडौं । कोभिड–१९ महामारीका कारण शिथिल भएको मुलुकको अर्थतन्त्रलाई महामारीपूर्वकै अवस्थामा फर्काउन सरकारले आठ अर्बभन्दा बढीको लगानीमा ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना प्रारम्भ गरेको छ । विश्व बैंकसँगको साझेदारीमा सरकारले प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमलाई समेट्ने पाँच वटा आर्थिक ‘करिडोर’का केही नगरपालिकामा उद्यमशीलता प्रवद्र्धन गरी कृषि उत्पादकत्व बढाउन गत बिहीबार परियोजना सुरु गरेको हो । कृषि विकास रणनीतिसँग तादात्म्यता कायम गरी प्रादेशिक र स्थानीय सरकारहरू, सरोकारवाला सङ्घसंस्था, साना तथा मझौला उद्यमको साझेदारी र सहकार्यमा विशेषरुपमा महिलाको नेतृत्वमा कृषि क्षेत्र र उद्यमशीलता बढाउँदै परियोजनाबाट…

पुरा पढ्नुहाेस्

विकास परियोजना र जलवायु परिवर्तनको असर बारे छलफल

कार्तिक ११, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिहरुबिच भर्चुअल बैठक सम्पन्न भएको छ । बुधवार भएको बैठकमा बिश्व बैंकको सहयोगमा नेपालमा संचालित विकास परियोजनाहरु र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको छ । बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले विश्व बैंकको सहयोगमा संचालन हुने उर्जा तथा अन्य पूर्वाधार परियोजना कार्यान्वयनको गति बढाउन सरकारले तदारुकताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन ९कोप २६० मा विश्व बैंकको तर्फबाट नेपालको चासो र एजेण्डाहरुको सम्बोधन हुने विश्वास व्यक्त गरे । नेपालले जलवायु परिवर्तनको…

पुरा पढ्नुहाेस्

विश्व बैंकबाट ५ अर्ब ८७ करोड ऋण लिईने

भदौ ३१, सरकारले ५० मिलियन अमेरिकी डलर (करीब रु. ५ अर्ब ८७ करोड) सहुलियतपूर्ण ऋण लिन विश्व बैंकसँग सम्झौता गरेको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच नेपालको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व ब्यांकका राष्ट्रिय निर्देशक फ्यारिस हदाद जार्वोसले सम्झौतामा हस्ताक्षर गरेका छन् । विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढिकरणका लागि ऋण लिन सम्झौता गरिएको हो । हस्ताक्षर समारोहमा अर्थसचिव मरासिनीले यो सहयोगले नेपाललाई परेको वित्तीय आवश्यकताको परिपूर्ति गर्ने बताए । उनले कोभिड-१९ महामारीपछि विद्यालय र स्वास्थ्य क्षेत्रको सुधार गर्न विश्व ब्यांकले…

पुरा पढ्नुहाेस्