वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र सक्रिय : कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन हुँदै

माघ ७,काठमाडौँ । कर्णाली प्रदेश सरकारले अघि सारेको ‘कर्णाली उज्यालो कार्यक्रम’ कार्यान्वयन हुने भएको छ। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मी कुमारी बस्नेत र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। यो कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यान्वयन ईकाई स्थापना गर्ने र प्राविधिक सहयोग वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले उपलब्ध गराउने समझदारी भएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यक्रम…

पुरा पढ्नुहाेस्