विश्वकप क्रिकेट: श्रीलंकाले इंग्ल्याण्डलाई १५६ रनमै अलआउट गर्‍यो

कात्तिक ८,काठमाडौँ । विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डले १५६ रनमै अलआउट गरेको छ । भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३।२ ओभरमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाएको हो । ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा सबै विकेट गुमायो । बेन स्टोकले सर्वाधिक ४३ रन बनाए । बेयरस्टो ३० र मालन २८ रनमा आउट भए ।

पुरा पढ्नुहाेस्

श्रीलंकामा कर्फ्यू उल्लंघन गर्नेलाई गोली हान्न आदेश

बैशाख २८, काठमाडौँ । श्रीलंकामा कर्फ्यू उल्लंघन गर्नेहरूलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ । प्रदर्शन उग्र हुन थालेपछि कफ्यू उल्लंघन गर्नलाई गोली चलाउन आदेश दिइएको हो । आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । श्रीलंकामा बुधबारसम्मका लागि कर्फ्यु जारी गरे पनि विरोध प्रदर्शन जारी रहेको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार मंगलबार राजधानीका सडक सुनसान देखिए पनि रातिमा हिंसात्मक प्रदर्शनहरू भएका छन् । सोमबारदेखि मंगलबारको अवधिमा सात जनाको मृत्यु भइसकेको छ । प्रदर्शनकारीले गाडीहरूमा आगजनी र तोडफोड गरेका छन् । सोमबार प्रदर्शनकारीले निवर्तमान प्रधानमन्त्री महिन्दा…

पुरा पढ्नुहाेस्

श्रीलंकामा फेरी आपतकाल घोषणा

वैशाख २४, एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् । सरकारविरोधी प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् । सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताए । देशको आर्थिक आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए । श्रीलंकाको संसदमा तोडफोड गर्न खोजेका विद्यार्थीमाथि प्रहरीले फेरि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीब्र अभावले २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा…

पुरा पढ्नुहाेस्

श्रीलंकामा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु

बैशाख ७, एजेन्सी । श्रीलंकामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् । इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । तर, प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको थियो । मृत्युपछि अन्य प्रदर्शनकारीले रामबुक्काना प्रहरी चौकी घेरेर ढुंगा प्रहार गरेका थिए । यसैबीच, श्रीलंका प्रहरीले अर्को सूचना नभएसम्मका लागि रामबुकाना प्रहरी डिभिजन वरपर कर्फ्यू लगाएको छ ।

पुरा पढ्नुहाेस्