वर्षाका कारण म्याग्दीका सबै ग्रामीण सडक अवरुद्ध

असोज २०, म्याग्दी । लगातारको वर्षाले राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक लगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएको छ । तीन दिनदेखिको वर्षाका कारण बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ । पहिरोकै कारण बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौर लगायत सडक अवरुद्ध भएको हो । कतिपय स्थानमा सडक भासिएको छ । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भीर, जलथले, गुईठे भीर, रुप्से झरना र काभ्रेभीर लगायत सडक वर्षाले सडक अवरुद्ध बनाएको छ । खहरे र ग्रामीण क्षेत्रका खोलाहरुमा भेलबाडी आएको छ…

पुरा पढ्नुहाेस्

पहिरोले मुग्लिन–नौबिसे सडक अवरुद्ध

भदौ ३०, काठमाडौँ । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।

पुरा पढ्नुहाेस्